कार्य विभाजनप्रति गोकुल बास्कोटाको असन्तुष्टि, ‘अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नुपर्ला’

User Image Prime TV News २ घण्टा अगाडि
Image of कार्य विभाजनप्रति गोकुल बास्कोटाको असन्तुष्टि, ‘अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नुपर्ला’

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले गरेको पछिल्लो कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले कार्यविभाजनको शैलीले पार्टीभित्र स्वतन्त्र सोच र बहसभन्दा आदेश पालना गर्ने संस्कृतिलाई प्राथमिकता दिएको आभास हुने बताएका छन्। ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै,’ उनले लेखेका छन्।

उनले कार्यविभाजनमा कुनै स्पष्ट सिद्धान्त वा मापदण्ड नदेखिएको उल्लेख गर्दै व्यंग्यात्मक रूपमा ‘अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नुपर्ने अवस्था आएको’ टिप्पणी गरेका छन्। बास्कोटाको अभिव्यक्तिलाई पार्टीको पछिल्लो संगठनात्मक व्यवस्थापनप्रतिको आलोचनात्मक दृष्टिकोणका रूपमा हेरिएको छ।

उनले कार्यविभाजन प्रक्रिया सिद्धान्त र संस्थागत आधारमा नभई फरक ढंगले अघि बढेको संकेत गरेका छन्।