आज सुनचाँदीको मूल्य घट्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी ३३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मोल तीन लाख आठ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आइतबार एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस