ओलीको आह्वान: एकताबद्ध भएर जनतामाझ सक्रिय हुन एमाले कार्यकर्तालाई आग्रह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गरेका छन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले संगठन सुदृढीकरण र भावी कार्यदिशाबारे धारणा राखेका हुन्।
ओलीले पार्टीलाई अझ संगठित, प्रभावकारी र जनतासँग जोडिएको बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। बैठकमा निर्वाचन परिणामको समीक्षा, संगठनात्मक पुनर्गठन तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भइरहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
पार्टी नेतृत्वले हालको राजनीतिक परिस्थिति र निर्वाचन अनुभवलाई आधार बनाएर संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने तयारी गरिरहेको बताइएको छ।







