सुनको मूल्य तोलामा १० हजार १०० रुपैयाँले घट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छ। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।
सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएपछि खरिदकर्ताहरूका लागि बजार केही सहज बनेको छ ।







