विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक ढिलाइ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा को बैठक अझै पनि सुरु हुन सकेको छैन।
प्रधानमन्त्री बालेन्द्र शाहले १७ जेठमा दिएको “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले संसदमा विरोध गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै बैठक अवरुद्ध पारेका हुन्।
विरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको संसद सचिवालयले जनाएको छ। हाल सत्तापक्ष र विपक्षी दलबीच छलफल जारी रहेको र सहमति जुटेमा दिउँसो १ बजेअघि नै बैठक सुरु हुन सक्ने सम्भावना रहेको सचिवालयले जनाएको छ।
संसदमा देखिएको अवरोधका कारण विधेयक तथा अन्य कार्यसूची अघि बढ्न नसकेको र राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ।







