प्रतिनिधि सभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधि सभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौ । प्रतिनिधि सभामा कार्यव्यवस्था सम्बन्धी परामर्श समिति गठन भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बुधबार प्रतिनिधि सभा नियमावलीको नियम १३ अनुसार १५ सदस्यीय समिति घोषणा गरेका हुन्। समितिमा रहेका सदस्यहरूमा डा. अचुतम लामिछाने, आर्यन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा, विपिनकुमार आचार्य रहेका छन् । 

समितिले प्रतिनिधि सभाको बैठक सञ्चालन तथा कार्यव्यवस्थासम्बन्धी सल्लाह र व्यवस्थापन गर्ने जिम्मेवारी पाउने छ।