हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना नहुँदासम्म दुर्गा प्रसाई संगको सम्बन्ध टुट्दैनः धवलशमशेर राणा

User Image Prime TV News ३ दिन अगाडि
Image of हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना नहुँदासम्म  दुर्गा प्रसाई संगको सम्बन्ध टुट्दैनः धवलशमशेर राणा

काठमाडौ । राप्रपा त्यागेर नयाँ पार्टी गठन प्रक्रियामा लागेका धवलशमशेर राणाले आफू र दुर्गा प्रसाई बीचको सहकार्य हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना नहुँदासम्म नटुट्ने बताएका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले आफ्नो राजनीतिक जीवनमा अहिलेसम्म कसैलाई धोका नदिएको र प्रसाईलाई पनि नदिने प्रतिबद्धता व्यक्त गरे। उनले सहकार्यलाई “गम्भीर र स्थायी” रूपमा अघि बढाइने दाबी गरे।

राणाले आगामी दुई–तीन महिनाभित्र नयाँ पार्टीलाई मजबुत रूपमा जनतामाझ लैजाने योजना रहेको बताए। उनका अनुसार देशभर संगठन विस्तार गर्दै सबै प्रदेश, जिल्ला, नगरपालिका र गाउँपालिकासम्म पार्टी संरचना विस्तार गरिनेछ।

उनले नयाँ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तो व्यक्तिवादी नहुने दाबी गर्दै सामूहिक नेतृत्व प्रणाली अपनाइने बताए। पार्टीभित्र फरक विचारलाई सम्मान गर्दै “नोट अफ डिसेन्ट” राख्ने व्यवस्था समेत हुने उनले उल्लेख गरे। राणाका अनुसार मलमासका कारण पार्टी घोषणा प्रक्रियामा केही ढिलाइ भए पनि संगठन निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।