रास्वपाको महाधिवेशनमा गगन थापा र केपी शर्मा ओलीलाई विशिष्ट अतिथिका रूपमा निम्तो

User Image Prime TV News २ घण्टा अगाडि
Image of रास्वपाको महाधिवेशनमा गगन थापा र केपी शर्मा ओलीलाई विशिष्ट अतिथिका रूपमा निम्तो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरेको छ।

पार्टीले नेपाली कांग्रेसका नेता गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक निमन्त्रणा पठाएको जनाएको छ। रास्वपाका अनुसार दुवै नेतासम्म निमन्त्रणा पुगिसकेको छ। तर उनीहरू महाधिवेशनमा सहभागी हुने वा नहुनेबारे हालसम्म औपचारिक निर्णय भने भएको छैन।

थापा र ओली निकट सचिवालय स्रोतका अनुसार निमन्त्रणा प्राप्त भए पनि कार्यक्रम उपस्थित हुने विषयमा आन्तरिक छलफल जारी छ। रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनलाई राजनीतिक रूपमा महत्वपूर्ण अवसरका रूपमा लिएको छ । महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेर सहभागिता र संवाद विस्तार गर्ने प्रयास गरिएको बताइएको छ।