डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक विश्वकप जित, कतार ६–० ले पराजित

User Image Prime TV News एक घण्टा अगाडि
Image of डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक विश्वकप जित, कतार ६–० ले पराजित

काठमाडौ । क्यानड ले फिफा विश्वकप २०२६ मा ऐतिहासिक जित दर्ता गरेको छ। बिहीबार राति समूह ‘बी’ अन्तर्गत भएको खेलमा सह–आयोजक क्यानडाले कतार लाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो।

यो जित पुरुष विश्वकप इतिहासमा क्यानडाको पहिलो जित बनेको छ। दुई खेलबाट ४ अंक जोडेको क्यानडाले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

खेलमा जोनाथन डेभिड नायक बने। उनले ह्याट्रिक पूरा गर्दै क्यानडाको आक्रामक प्रदर्शनलाई नेतृत्व गरे। क्यानडाका लागि थप गोल साइल लारिननाथन सलिबा ले गरे भने कतारबाट एक आत्मघाती गोल पनि भएको थियो।

खेलभर क्यानडाले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाएको थियो। दोस्रो हाफमा कतारका दुई खेलाडी रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित बनेको थियो, जसले खेल अझै एकपक्षीय बनायो।

तर जितसँगै क्यानडालाई चिन्ताको विषय पनि थपिएको छ। खेलका क्रममा क्यानडाका मिडफिल्डर इस्माएल कोने गम्भीर घाइते भएपछि केही समय मैदानमा तनावपूर्ण अवस्था बनेको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

क्यानडाका प्रशिक्षक जेसी मार्सले यस जितलाई टोलीका लागि ऐतिहासिक उपलब्धि बताएका छन्। अब समूह चरणको अन्तिम खेलमा क्यानडाले स्विट्जरल्यान्डको सामना गर्नेछ।