नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे ४ अर्बभन्दा बढी कारोबार

User Image Prime TV News २ घण्टा अगाडि
Image of नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे ४ अर्बभन्दा बढी कारोबार

काठमाडौ । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ। अघिल्लो दिन घटेको बजार आज १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको छ।

आजको कारोबारमा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको मूल्य बढेको छ। १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ४६३.९८ विन्दुमा पुगेको छ। कुल १३ उपसूचकमध्ये ७ वटाको मूल्य वृद्धि भएको छ भने ६ वटाको मूल्य घटेको छ।

कारोबार रकमका हिसाबले आज साढे ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक खरिद–बिक्री हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समग्रमा बजार सामान्य अंकले बढे पनि लगानीकर्ताहरूबीच मिश्रित कारोबार गतिविधि देखिएको छ।