रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशन तयारीमा केन्द्रित

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशन तयारीमा केन्द्रित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनमा बस्दैछ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे आयोजना हुन लागेको हो। भोलिदेखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन बैठक बोलाइएको जनाइएको छ।

बैठकमा महाधिवेशनको व्यवस्थापन, प्रतिनिधिहरूको सहभागिता तथा कार्यक्रम सञ्चालनका विषयमा विस्तृत छलफल हुने तयारी गरिएको छ।

पार्टीका महामन्त्री कविन्द्र वुढाथोकीका अनुसार महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ। त्यससँगै पार्टीको विधान संशोधनका प्रस्ताव र आवश्यक निर्णयहरूबारे समेत बैठकले टुंगो लगाउने बताइएको छ । 

रास्वपाले आगामी नेतृत्व, संगठन संरचना र भावी राजनीतिक कार्यदिशालाई महाधिवेशनमार्फत अघि बढाउने तयारी गरेको छ ।