पुनरागमन जितसँगै जर्मनी विश्वकपको नकआउट चरणमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा जर्मनीले आइभरी कोस्टमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
भर्खरै सम्पन्न खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो। यस जितसँगै जर्मनी समूह चरण पार गर्दै राउन्ड अफ ३२ मा पुगेको हो।
खेलमा सुरुआती अग्रता भने आइभरी कोस्टले लिएको थियो। ३० औँ मिनेटमा टोलीका कप्तान फ्रान्क केसी गोल गर्दै आफ्नो टोलीलाई अघि बढाएका थिए।
तर दोस्रो हाफमा जर्मनीले उत्कृष्ट पुनरागमन गर्यो। वैकल्पिक खेलाडी उन्डभले ६८ औँ मिनेटमा बराबरी गोल गरे। त्यसपछि इन्जुरी समयमा फेरि गोल गर्दै उनले जर्मनीलाई महत्वपूर्ण जित दिलाए।
लगातार दुई जितपछि जर्मनी ६ अंकसहित समूह ‘ई’ को शीर्षस्थानमा पुगेको छ। आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस्तै, समूहका अन्य टोली इक्वेडर र कुरासाओ भने अहिलेसम्म अंकविहीन रहेका छन्।







