चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

User Image Prime TV News एक महिना अगाडि
Image of चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

काठमाडौ । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ।

अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको जानकारी कलाकार शिवहरि पौडेलले दिएका छन्। विगत सात वर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आएका शर्मा पछिल्लो समय अमेरिका बस्दै आएका थिए।

टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट लोकप्रिय बनेका खेम शर्माले नेपाली हास्य क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। उनको अभिनय शैली र ‘चतुरे’ पात्रले लामो समयसम्म दर्शकको मन जितेको थियो।

टेलिफिल्मसँगै उनले विभिन्न चलचित्र र मनोरञ्जन कार्यक्रमहरूमा समेत काम गरेका थिए। उनले ‘चतुरेको दाउपेच’ नामक चलचित्र निर्माण गरेर निर्माण क्षेत्रमा पनि योगदान दिएका थिए।

उनको निधनसँगै नेपाली मनोरञ्जन क्षेत्रले एक परिचित हास्य कलाकार गुमाएको छ। परिवार, आफन्त र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।