रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय समितिमा रहने व्यवस्था
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थापक सदस्यलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेको छ।
भरतपुरमा हिजो बसेको केन्द्रीय समिति बैठकले संस्थापक सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको एक संस्थापक सदस्यले जानकारी दिएका छन्।
पार्टी स्थापना हुँदा २१ जना केन्द्रीय सदस्य रहेका थिए। तीमध्ये डा. मुकुल ढकाल अहिले रास्वपामा छैनन् भने डीपी अर्याल सभामुखको भूमिकामा छन्।
रास्वपाको संशोधित विधानअनुसार अब पार्टीमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ। साथै सातै प्रदेशका सभापति पदेन रूपमा केन्द्रीय समिति सदस्य रहने प्रावधान पनि राखिएको छ।







