बाजुरामा ब्रेक फेल भएर बस दुर्घटना, २४ जना घाइते

User Image Prime TV News एक महिना अगाडि
Image of बाजुरामा ब्रेक फेल भएर बस दुर्घटना, २४ जना घाइते

बाजुरा । बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७ः१० बजे महेन्द्रनगर बाट मार्तडी तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिएको थियो। दुर्घटनाको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुरा बाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।

दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ। एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेको बताइएको छ। प्रहरीले प्रारम्भिक रूपमा ब्रेक फेल भएका कारण दुर्घटना भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।