हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

User Image Prime TV News एक महिना अगाडि
Image of हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौ । हुम्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार असार ७ गते दिउँसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो। केन्द्रका अनुसार हुम्लाको श्रीनगरआसपास केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय विभिन्न जिल्लामा साना तथा मध्यम तीव्रताका भूकम्पहरू निरन्तर रेकर्ड भइरहेका छन्। यसअघि जेठ २९ गते स‌खुवासभा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने नेपालमा समय–समयमा यस्ता पराकम्पन तथा साना भूकम्पहरू महसुस हुने गरेका छन्।