गृहमन्त्रीमाथि आक्रमण भएको हल्ला निराधार : सचिवालय

User Image Prime TV News ४ हप्ता अगाडि
Image of गृहमन्त्रीमाथि आक्रमण भएको हल्ला निराधार : सचिवालय

काठमाडौ । गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार रहेको उनको सचिवालयले जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको सचिवालयले मन्त्री गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक, कपोलकल्पित तथा तथ्यहीन रहेको स्पष्ट पारेको हो। सचिवालयले सामाजिक सञ्जाल तथा केही माध्यममार्फत प्रसारित भइरहेका यस्ता सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयका अनुसार गृहमन्त्री गुरुङ आफ्नो नियमित जिम्मेवारीमा सक्रिय रहेको र उनीमाथि कुनै पनि प्रकारको आक्रमण नभएको बताइएको छ। साथै, अपुष्ट र भ्रामक समाचारको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीमात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा गृहमन्त्रीमाथि आक्रमण भएको दाबी गर्दै विभिन्न पोस्टहरू सार्वजनिक भएका थिए। ती दाबीको खण्डन गर्दै सचिवालयले यस्ता अफवाह फैलाउने कार्यप्रति सचेत रहन सबैलाई अनुरोध गरेको छ।