विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

User Image Prime TV News ४ हप्ता अगाडि
Image of विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौ । विशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन थुनामा राख्न अनुमति दिएको हो।

अदालतको आदेशपछि विभागले अब अनुसन्धान प्रक्रिया अघि बढाउनेछ। अनुसन्धानका क्रममा थप समय आवश्यक ठहरिएमा सात दिनको म्याद सकिएपछि पुनः अदालतबाट म्याद थप गर्नुपर्ने व्यवस्था रहेको छ।

पूव अर्थमन्त्री समेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पार्टीको कार्यक्रमका क्रममा सुर्खेत पुगेका उनलाई नियन्त्रणमा लिएपछि स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो। पछि उनलाई विशेष अदालतमा उपस्थित गराइएको हो। हाल उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको छ।

पक्राउ र हिरासत अनुसन्धानको प्रक्रिया भएकाले आरोप प्रमाणित भइसकेको अवस्था भने होइन। अन्तिम कानुनी निष्कर्ष अदालतको निर्णयपछि मात्र तय हुनेछ।