नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ६०० रुपैयाँले सस्तियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ६०० रुपैयाँले सस्तियो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ३ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही परिमाणको सुन २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको असर स्थानीय बजारमा पनि परेपछि सुनचाँदी दुवैको मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।