विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौ । पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध भएको पक्राउलाई गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

पौडेलकी पत्नीले निवेदकका रूपमा दायर गरेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा कुनै ठोस प्रमाणबिना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको आदेश माग गरिएको छ। रिटमा सम्पत्ति सुद्दिकरण विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहसँग सम्बन्धित शेयर कारोबार प्रकरणमा चिनजान गराइदिएको भनिएको बयानका आधारमा पौडेललाई पक्राउ गरेको उल्लेख गरिएको छ।

विभागले पक्राउपछि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको बताइएको छ। पौडेललाई सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनलाई काठमाडौं ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएपछि पक्राउ र थुनासम्बन्धी कानुनी प्रक्रियाको वैधताबारे न्यायिक परीक्षण हुने छ ।