रास्वपा महाधिवेशनः मतदान समय ३० मिनेट थपियो, रवि लामिछानेले अन्तिम समयमा गरे मतदान

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनः मतदान समय ३० मिनेट थपियो, रवि लामिछानेले अन्तिम समयमा गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ। यसअघि दिउँसो १२ बजेसम्मका लागि निर्धारित मतदान समय ३० मिनेट बढाएर १२ः३० बजेसम्म पुर्‍याइएको हो।

निर्वाचन समितिले १२ः३० बजेसम्म मतदान केन्द्र रहेको हलभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई मतदान गर्न दिइने जानकारी माइकिङमार्फत गराएको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको भीड कायम रहेकाले समय थप गरिएको जनाइएको छ।

यसैबीच, पार्टी सभापति रवि लामिछाने ले पनि अन्तिम समयमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन्। महाधिवेशनको पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि मतदान भइरहेको छ। निर्वाचनमा करिब ४२ सय प्रतिनिधि मतदाता रहेका छन्।

मतदान प्रक्रिया बुधबार राति १२ बजेदेखि सुरु भएको थियो। निर्वाचन समितिले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ। केन्द्रीय सदस्य पदका लागि कुल ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। महाधिवेशनबाट नयाँ केन्द्रीय संरचना चयन हुने भएकाले मतदान र मतगणनालाई चासोका साथ हेरिएको छ।