रास्वपाको पदाधिकारी निर्वाचन आज राति, मतदान ९:१५ बजेदेखि

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाको पदाधिकारी निर्वाचन आज राति, मतदान ९:१५ बजेदेखि

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि आज राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधन सार्वजनिक गर्दै मतदानको समय निर्धारण गरेको हो।

संशोधित कार्यतालिकाअनुसार पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ता साँझ ६:३० बजेदेखि ७:०० बजेसम्म हुनेछ। त्यसपछि ७:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। निर्वाचन आयोगले राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ। अन्तिम नामावली प्रकाशनपछि ८:४५ बजेदेखि ९:१५ बजेसम्म मौन अवधि कायम गरिनेछ।

निर्धारित समयअनुसार राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म मतदान सञ्चालन हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी शुक्रबार बिहान १:३० बजे अन्तिम परिणाम घोषणा गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ। रास्वपाको नयाँ नेतृत्व चयनसँग जोडिएको यस निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।