रास्वपाको खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
उपसभापति पदका अर्का दाबेदार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित हुने बाटो खुलेको हो । उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठले पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिएको उल्लेख गर्दै वाग्लेलाई निर्विरोध निर्वाचित हुन सहयोगस्वरूप आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्। श्रेष्ठ हाल ऊर्जा मन्त्रीका रूपमा कार्यरत छन्।
यसअघि रास्वपाको नेतृत्व चयन प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले पनि महामन्त्री पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।
यद्यपि महामन्त्री पदमा भने अझै धेरै आकांक्षी कायम रहेकाले सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको नेताहरूको भनाइ छ। त्यसकारण उक्त पदका लागि निर्वाचन हुने लगभग निश्चित भएको छ।







