तीन दिनको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी भने अझै ओरालो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of तीन दिनको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी भने अझै ओरालो

काठमाडौ । लगातार तीन दिनसम्म ओरालो लागेको सुनको मूल्यमा शुक्रबार सामान्य सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य एकै दिन तोलामा ५ हजार २ सय रुपैयाँले घट्दै २ लाख ७८ हजार ३ सय रुपैयाँमा झरेको थियो। पछिल्ला तीन दिनमा सुनको मूल्य कुल १० हजार ४ सय रुपैयाँले घटेको थियो।

यता चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि घटेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले सस्तो हुँदै ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार पनि चाँदीको मूल्य तोलामा २५० रुपैयाँले घटेर ४ हजार २ सय ३५ रुपैयाँमा कायम भएको थियो।

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गएको माघ १५ गते कायम भएको थियो। त्यस दिन सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको उच्चतम मूल्य पनि सोही दिन तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्यमा हालसम्मकै ठूलो एकदिने गिरावट माघ १८ गते देखिएको थियो, जब मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।