रास्वपा महामन्त्री दौडबाट कवीन्द्र बुर्लाकोटी बाहिरिए, रञ्जु दर्शनाको उम्मेदवारी कायम
Prime TV News ३ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धामा फेरबदल भएको छ।
उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी कायम राखेकी छन् भने निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन्। बुर्लाकोटीले पार्टीभित्र सहमति, एकता र साझा नेतृत्वको भावनालाई प्राथमिकता दिँदै चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको बताएका छन्। उनी यसअघि पनि पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यसअघि महामन्त्री पदका अर्का उम्मेदवार जगदीश खरेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ। उम्मेदवारी फिर्तापछि महामन्त्री पदको प्रतिस्पर्धा थप सीमित बनेको छ भने बाँकी उम्मेदवारहरूबीच मतदाताको समर्थन जुटाउने प्रयास तीव्र भएको छ।







