रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई पाँच नेताको समर्थन, उम्मेदवारी फिर्ता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई पाँच नेताको समर्थन, उम्मेदवारी फिर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदका आकांक्षी पाँच नेताले विपिन आचार्यलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेका छन्।

कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले उम्मेदवारी नदिएको वा दर्ता गरिसकेको उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्। शुक्रबार चितवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरूले पार्टीको बृहत्तर हित, आन्तरिक एकता र साझा नेतृत्वको भावनालाई प्राथमिकता दिँदै विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताएका हुन्।

उक्त अवसरमा गणेश पराजुलीले संस्थापक टोली एकजुट भएर पार्टीलाई सकारात्मक सन्देश दिन एउटै उम्मेदवार अघि सारेको बताए। उनका अनुसार सबैको सहमतिमा विपिन आचार्यलाई समर्थन गर्ने निष्कर्षमा पुगेका हुन्। उम्मेदवारी फिर्ता र समर्थन घोषणापछि रास्वपाको महामन्त्री पदको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ।