प्रतिनिधिसभा बैठक पुनः स्थगित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधि सभाको बैठक पुनः स्थगित गरिएको छ।
आजका लागि तय गरिएको बैठक यसअघि सूचना टाँसेर स्थगित गरिएको थियो। संसद् सचिवालयले शनिबार बिहान ११ बजे बस्नेगरी अर्को बैठकको समय निर्धारण गरेको थियो। तर निर्धारित समयअघि पुनः सूचना जारी गर्दै बैठक स्थगित गरिएको हो।
सचिवालयले अर्को बैठक आगामी आइतवार ११ वजेका लागि बोलाइएको छ । बैठक स्थगित हुनुको कारणबारे संसद् सचिवालयले औपचारिक विवरण सार्वजनिक गरेको छैन।







