रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज साँझ शपथ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज साँझ शपथ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ।

महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलको सभाहलमा आयोजना गरिनेछ। कार्यक्रममा नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सम्पन्न भएपछि आज शपथग्रहणसँगै नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछ। महाधिवेशनबाट यसअघि रवि लामिछाने सभापतिमा निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको चयन पनि सम्पन्न भइसकेको छ।

शपथग्रहण कार्यक्रमसँगै महाधिवेशन औपचारिक रूपमा समापन हुने अपेक्षा गरिएको छ।