डीआर कङ्गोको ऐतिहासिक पुनरागमन, विश्वकपको नकआउट चरणमा प्रवेश

User Image Prime TV News ३ हप्ता अगाडि
Image of डीआर कङ्गोको ऐतिहासिक पुनरागमन, विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दै ऐतिहासिक रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

पुनरागमन जित निकाल्दै कङ्गोले उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा यात्रा तय गरेको हो। खेलमा सुरुवाती अग्रता भने उज्वेकिस्तानले बनाएको थियो। पहिलो हाफमा पछि परेको कङ्गोले दोस्रो हाफमा आक्रामक र प्रभावशाली प्रदर्शन गर्दै लगातार तीन गोल गरेर खेल आफ्नो पक्षमा पारेको थियो।

कङ्गोका लागि योएन विसाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको पुनरागमनमा निर्णायक भूमिका खेले। कठिन क्लब सिजनपछि उनले राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका हुन्।

यो नतिजासँगै दक्षिण कोरियाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ। कङ्गोको जितपछि दक्षिण कोरियाको अर्को चरणमा पुग्ने सबै सम्भावना समाप्त भएको हो।

डीआर कङ्गोका लागि यो विश्वकप इतिहासकै स्मरणीय उपलब्धिमध्ये एक बनेको छ। अब अन्तिम ३२ को खेलमा कङ्गोले समूह ‘एल’ को विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डका लागि पनि कङ्गो चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्न सक्ने संकेत देखिएको छ।