विपक्षीको विरोधबीच प्रतिनिधिसभा बैठक सुरु, बालेनको अभिव्यक्तिबारे संसदमा पुनः आवाज

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विपक्षीको विरोधबीच प्रतिनिधिसभा बैठक सुरु, बालेनको अभिव्यक्तिबारे संसदमा पुनः आवाज

काठमाडौ । प्रतिनिधिसभाको आइतबारको बैठक पनि विपक्षी दलहरूको विरोधबीच सुरु भएको छ।

सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर निरन्तर संसदमा आपत्ति जनाउँदै आएका छन्।

उनीहरूले उक्त अभिव्यक्ति संसदबाटै सच्याउन, सदनको अभिलेख (रेकर्ड)बाट हटाउन तथा सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै आएका छन्। विपक्षी सांसदहरूको विरोधका कारण आइतबारको बैठक पनि तनावपूर्ण बनेको छ।

सभामुखले सांसदहरूलाई आफ्नो आसनमा फर्किएर संसदीय प्रक्रियामा सहभागी हुन आग्रह गर्दै बैठकको कारबाही अघि बढाउने प्रयास गरेका छन्। यस विषयमा सत्ता पक्ष र विपक्षबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक लगातार प्रभावित हुँदै आएको छ।