सरकारद्वारा ल्याइएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकारद्वारा ल्याइएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौ । सरकारले अध्यादेशमार्फत ल्याएका चार कानुनका प्रतिस्थापन विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ।

प्रतिनिधिसभाको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गरिएका हुन्।

यी सबै विधेयक सरकारले यसअघि जारी गरेका सम्बन्धित अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका हुन्। संवैधानिक व्यवस्थाअनुसार अध्यादेशलाई निरन्तरता दिन संसदबाट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभामा पेस गरिएका विधेयकमाथि अब संसदीय प्रक्रियाअनुसार छलफल र निर्णय हुनेछ।