असार १५ मा सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला सुन रु. २ लाख ८२ हजार ४०० कायम

User Image Prime TV News ३ हप्ता अगाडि
Image of असार १५ मा सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला सुन रु. २ लाख ८२ हजार ४०० कायम

काठमाडौ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेर दुई लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार मूल्य घटेसँगै सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिलेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकेको जनाएको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।