विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप म्याद दिन अनुमति दिएको हो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
त्यसपछि विशेष अदालतले असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो, जसको म्याद असार १४ गते सकिएको थियो। नयाँ आदेशसँगै अनुसन्धान टोलीलाई थप तीन दिनसम्म हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने अनुमति प्राप्त भएको छ।







