नेप्से २४.६३ अंकले घट्यो, परिसूचक २६०८ विन्दुमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से २४.६३ अंकले घट्यो, परिसूचक २६०८ विन्दुमा

काठमाडौ । सेयर बजार परिसूचक नेप्से लगातार ओरालो लाग्दै मंगलबार २६ सय विन्दु नजिक पुगेको छ। यस दिन नेप्से २४.६३ अंकले घटेर २ हजार ६०८.३३ विन्दुमा कायम भएको हो।

मंगलबार ३६५ कम्पनीका सेयर कारोबार भएका थिए। तीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। आज कुल ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ। यो कारोबार रकम सोमबारको तुलनामा करिब २२ प्रतिशत बढी हो।

कारोबारमा सहभागी सबै उपसमूहको परिसूचक घटेको छ। सबैभन्दा बढी व्यापार उपसमूह १.७४ प्रतिशतले ओरालो लागेको छ। मंगलबार स्नो रिभर्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्।

यता, टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड, याम्बालिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।