स्ट्रेट अफ हर्मुज आफ्नो सबैभन्दा महत्त्वपूर्ण रणनीतिक शक्ति: इरान
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इरानले स्ट्रेट अफ हर्मुज आफ्नो सबैभन्दा महत्त्वपूर्ण रणनीतिक शक्ति रहेको भन्दै यस क्षेत्रमा आफ्नो नियन्त्रण र अधिकार कायम रहने बताएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकासँग भएको समझदारीपत्र (एमओयू) अन्तर्गत समुद्री सेवा शुल्कमा दिइएको ६० दिनको छुट स्थायी नभई अस्थायी व्यवस्था मात्र भएको बताएका छन्।
सरकारी सञ्चारमाध्यमसँगको कुराकानीमा गालिबाफले स्ट्रेट अफ हर्मुज इरानको क्षेत्रीय जलक्षेत्रसँग सम्बन्धित रहेको र त्यससम्बन्धी आफ्नो अधिकार नत्यागिने स्पष्ट पारे। उनले भने, इरान कुनै पनि परिस्थितिमा आफ्नो अडानबाट पछि नहट्नेछ।
इरान र अमेरिकाबीच भएको पछिल्लो समझदारीअनुसार हालका लागि ६० दिनसम्म जहाजहरूबाट कुनै शुल्क नलिइने व्यवस्था लागू गरिएको छ। त्यस अवधिमा वार्ता र समुद्री व्यवस्थापनसम्बन्धी थप सहमति खोजिने अपेक्षा गरिएको छ।
गालिबाफले हालको अवस्थालाई युद्धपछिको नयाँ परिस्थिति भन्दै हर्मुजलाई इरानका लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरेका छन्।







