मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, यातायात अवरुद्ध

User Image Prime TV News २ हप्ता अगाडि
Image of मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, यातायात अवरुद्ध

काठमाडौ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलानजिक बुधबार बिहान सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिएका छन्। पहिरो हटाउन आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ। सडक सञ्चालनमा ल्याउन प्रयास जारी रहेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।