पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ

User Image Prime TV News २ हप्ता अगाडि
Image of पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ

काठमाडौ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार भण्डारीलाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८, कटानस्थित निवासबाट पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको हो।

जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा भण्डारीलाई १ महिना ७ दिन कैद तथा १२ हजार १०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। यो मुद्दा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका विषयमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले दायर गरेका थिए। उनले प्रकाशित सामग्रीबाट आफ्नो प्रतिष्ठामा आँच पुगेको दाबी गरेका थिए।

जिल्ला अदालतको फैसलाविरुद्ध भण्डारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर उच्च अदालत दिपायलको महेन्द्रनगर–धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतको फैसला सदर गरेपछि उक्त फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।