सरकारले प्रयास गर्‍यो, तर परिणाम जनताले महसुस गर्न सकेनन् : हर्कराज राई

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारले प्रयास गर्‍यो, तर परिणाम जनताले महसुस गर्न सकेनन् : हर्कराज राई

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको सय दिने कार्यकालमा केही प्रयास भए पनि त्यसको परिणाम आमजनताले महसुस गर्न नसकेको टिप्पणी गरेका छन्।

दार्चुलाको एक दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले सरकारका कामको प्रभाव जनजीवनमा देखिनुपर्ने बताए।

उनले सरकारले केही काम गर्ने प्रयास गरेको स्वीकार गर्दै त्यसको प्रतिफल जनताले अनुभूति गर्न नसकेको दाबी गरे। ‘कोसिस उहाँहरूले गर्नुभएको हो, तर परिणाम जनताले त्यति महसुस गरेका छैनन्। कामको प्रभाव जनताले अनुभूति गर्नुपर्छ,’ राईले भने।अध्यक्ष राईले बढ्दो महँगी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। महँगी नियन्त्रणका विषयमा

आफ्नो पार्टीले सरकारलाई निरन्तर सुझाव दिँदै आएको उनले बताए। दार्चुला भ्रमणका क्रममा दुर्गम क्षेत्रमा सूचना तथा सञ्चार सेवासमेत पर्याप्त नभएको आफूले अनुभव गरेको उल्लेख गर्दै उनले त्यहाँका नागरिक अझै आधारभूत सुविधाबाट वञ्चित रहेको बताए।

यद्यपि सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेकोप्रति उनले सकारात्मक प्रतिक्रिया दिए।