सात विश्वविद्यालयमा उपकुलपति नियुक्त
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले देशका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।
खुला प्रतिस्पर्धामार्फत छनोट भएका उम्मेदवारलाई शुक्रबार उपकुलपतिमा नियुक्त गरिएको हो। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिले खुला प्रतिस्पर्धाबाट छनोट गरेका नाम सिफारिस गरेपछि कुलपति समेत रहेका प्रधानमन्त्री शाहले नियुक्ति गरेका हुन्। सरकारले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रियालाई उच्च शिक्षामा पारदर्शिता, प्रतिस्पर्धा र सुशासन प्रवर्द्धन गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।







