नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
विभागले सूचना जारी गर्दै हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा बन्द हुने जानकारी दिएको हो।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द रहनेछ।
यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुने जनाइएको छ। सेवा बन्द अवधिमा प्रणाली रूपान्तरण, तथ्याङ्क स्थानान्तरण र प्राविधिक परीक्षणको काम गरिने विभागले जनाएको छ।
विभागका अनुसार नयाँ प्रणाली सेवा पुनः सञ्चालन भएसँगै नियमित रूपमा प्रयोगमा आउनेछ।







