धनकुटामा कांग्रेसका १९ नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग

User Image Prime TV News २ हप्ता अगाडि
Image of धनकुटामा कांग्रेसका १९ नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग

काठमाडौ । धनकुटामा नेपाली कांग्रेसका १९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

पार्टी परित्याग गर्नेमा महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्ली, कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा र क्षेत्रीय प्रतिनिधि राजकुमारी राईलगायत रहेका छन्।

उनीहरूले गगन थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टीभित्र वैचारिक मतभेद बढ्दै गएको र काम गर्ने उपयुक्त वातावरण नरहेको कारण पार्टी छाड्नुपरेको उनीहरूले बताएका छन्।

पार्टी परित्याग गरेका नेताहरूले अबको राजनीतिक यात्राबारे औपचारिक घोषणा गरेका छैनन्। यद्यपि, उनीहरू श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने आन्तरिक चर्चा रहेको बताइएको छ। त्यसबारे भने सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि भएको छैन।