चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल आउँदै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेको बताइएको छ।
उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समिति बैठकमा सहभागी हुनु रहेको छ। मंगलबार हुने बैठकमा नेपालको तर्फबाट अर्थ सचिव र चीनको तर्फबाट वाणिज्य उपमन्त्री यान दोङले नेतृत्व गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा नेपाल–चीनबीच द्विपक्षीय व्यापार, आर्थिक तथा प्राविधिक सहयोग, कनेक्टिभिटी र सडक सञ्जाललगायतका विषयमा थप छलफल हुने जनाइएको छ। साथै, यान दोङले स्वर्णिम वाग्लेसहित उच्च सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।
भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिनकै दिन उपमन्त्री यान आउन लागेका छन् । दलाई लामाका नेपालस्थित अनुनायीहरूले लामाको जन्म दिन मनाउने तयारी गरिरहेका छन् ।







