कांग्रेस सभापति थापाको टिप्पणी: ‘सरकार लाइफ होइन, लाइकमा केन्द्रित’ छ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेेपाली कांग्रेसका सभापति गगन थापाले बालेन्द्र शाह नेतृत्वको सरकार नागरिकको जीवन सुधार (लाइफ) भन्दा सामाजिक सञ्जालको लोकप्रियता (लाइक) मा केन्द्रित भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको १०० दिन समीक्षा कार्यक्रममा बोल्दै थापाले सरकारले लोकप्रियतामुखी निर्णयलाई प्राथमिकता दिएको आरोप लगाए। उनले भूमिहीन तथा सुकुम्बासी समस्या कानुनमार्फत समाधान गर्नुको सट्टा सामाजिक सञ्जालमा ‘लाइक’ आउने निर्णयका कारण बस्तीमा डोजर चलाइएको जस्तो देखिएको टिप्पणी गरे।
तर उनले प्रधानमन्त्री शाहले शासन सञ्चालनका केही पक्षमा सकारात्मक अभ्यास गरेको पनि बताएका छन्। विशेषगरी बालुवाटारको सट्टा सिंहदरबारबाटै बैठक र सरकारी कामकाज सञ्चालन गर्नु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।
थापाले सरकार विधि र प्रक्रियाभन्दा परिणाममा केन्द्रित हुँदै कानुनी प्रक्रियालाई कमजोर बनाउँदै गएको देखिएको आरोप पनि लगाए। उनले यस्तो शैली पहिले पनि देखिएको भन्दै विगतको केपी शर्मा ओली नेतृत्वको सरकारसँग तुलना गरे।







