नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ

काठमाडौ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि दैनिक रूपमा सुन–चाँदीको मूल्य परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।