नेप्सेका सीईओ चूडामणि चापागाईंको राजीनामा

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेप्सेका सीईओ चूडामणि चापागाईंको राजीनामा

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईले पदबाट राजीनामा दिएका छन्।

चापागाईले सोमबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन्। आफ्नो कार्यकाल पूरा हुनुअघि नै उनले पदबाट अलग हुने निर्णय गरेका हुन्। राजीनामापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै चापागाईले व्यक्तिगत कारणले पद छाडेको बताए।

उनले सरकारको दबाब वा अन्य कुनै विवादका कारण नभई निजी कारणले राजीनामा दिएको स्पष्ट पारे। चापागाई २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। सरकारले अध्यादेशमार्फत केही अघिका नियुक्तिहरू खारेज गरे पनि उनको नियुक्ति भने यथावत् रहेको थियो।

नियुक्तिको केही महिनामै उनले पदबाट राजीनामा दिएपछि अब अर्थ मन्त्रालयले नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ।