शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए बचत फिर्ता

User Image Prime TV News २ हप्ता अगाडि
Image of शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको जनाएको छ।

समितिका अनुसार हालसम्म उक्त सहकारीका कुल १ हजार ११७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्। समितिले पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको जनाएको छ।

आगामी दिनमा पनि बचत रकमको परिमाणका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई रकम फिर्ता गरिने जानकारी दिएको छ। सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाटै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

समितिका अनुसार प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारी संस्थाबाट असुल भएको ऋण र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई वितरण गर्ने कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ।