सुनचाँदीको मूल्य आज पनि घट्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आइतबार र सोमबार लगातार घटेको सुनचाँदीको मूल्य आज पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
गएको बिहीबार र शुक्रबार दुई दिनमा कुल १२ हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य त्यसयता लगातार तीन दिन घटेको हो। त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा झरेको छ।
यसअघि सुनको मूल्यले तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँको सर्वाधिक उच्च रेकर्ड बनाएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि तोलाको ७ हजार ५ सय ५ रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। चाँदीको मूल्यमा एक दिनमै तोलामा १ हजार ५ सय ६५ रुपैयाँसम्मको गिरावट पनि रेकर्ड भएको थियो।







