एसईई २०८२ पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

User Image Prime TV News २ हप्ता अगाडि
Image of एसईई २०८२ पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको छ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ६४.६९ प्रतिशत हो। बोर्डले असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो। परीक्षा सम्पन्न भएको १४ दिनमै नतिजा सार्वजनिक गरिएको हो।

विद्यार्थीहरूले आईभीआर, एसएमएस/यूएसएसडी सेवा तथा बोर्डको वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।