मौद्रिक नीतिले निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य ११ प्रतिशतको लक्ष्य लिने

User Image Prime TV News २ हप्ता अगाडि
Image of मौद्रिक नीतिले निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य ११ प्रतिशतको लक्ष्य लिने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नयाँ मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ।

सार्वजनिक मौद्रिक नीतिबारे जानकारी दिँदै राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षमा पनि मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताए। मौद्रिक नीतिले मुद्रास्फीति दरलाई ५.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको छ।

गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना तथा समायोजन प्रक्रियालाई सहज बनाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ। साथै बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागत घटाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख छ।

आगामी आर्थिक वर्षका लागि बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) मा हाल कायम व्यवस्था नै निरन्तरता दिइएको गभर्नर पौडेलले जानकारी दिए।