सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।